मेस्सीलाई पीएसजीले २ हप्ताका लागि निलम्बन गर्‍यो

काठमाण्डु टुडे २०८० वैशाख २० गते १२:२८ मा प्रकाशित

एजेन्सी– अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीलाई उनको क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले २ हप्ताका लागि निलम्बन गरेको छ ।

उनी क्लबसँग अनुमति नलिई साउदी अरबको भ्रमण गरेकोमा कारबाहीमा परेका हुन । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार २ हप्ताको निलम्बनमा परेमा उनले पीएसजीका २ वटा खेल गुमाउने भएका छन ।

पीएसजीसँगको सम्झौता यो सिजनपछि सकिनै लागेको छ । सम्झौता सकिनु र मेसीले सम्झौता नवीकरणको प्रतिक्षा गरिरहेका बेला उनीमाथि कारबाही भएको हो ।

निलम्बनको समयमा क्लबमा प्रशिक्षणसमेत गर्न नपाउने मेस्सीले यो समयको पारिश्रमिक नपाउने भएका छन । उनले साउदी अरबको भ्रमणमा जान अनुमति मागेका थिए ।

तर क्लबले उनलाई अनुमति नदिएको श्रोतलाई उल्लेख गर्दै समाचार संस्था एपीले जानकारी दिएको छ । तर पनि पर्यटन प्रवर्द्धनको एउटा कार्यक्रममा सहभागी हुन मेस्सी साउदी अरब पुगेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us