
काठमाण्डु, १८ वैशाख– एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र यूएईबीचको फाइनल खेल आज सोमबारका लागि स्थगित भएको छ ।
भोलि यहि अवस्थाबाट खेल सुरु हुने बताइएको छ । टस हारेर ब्यटिङ गरेको नेपालले २७ ३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाउँदा खेल वर्षाले दुई पटक सम्म रोकिएको थियो ।
बिहान ११ बजेर ४८ मिनेटमा रोकिएको खेल सोही अवस्थाबाट मंगलबार विहान ९ बजेदेखि सुरु हुने भएको छ । यो प्रतियोगितामा रिजर्भ डे राखिएको थियो ।
वर्षाले आइतबार खेल हुन नसक्ने भएपछि प्रतियोगिताको नियमअनुसार म्याच रेफ्री सारिका प्रसादले रिजर्भ डेका दिन बाँकी खेल खेलाउने निर्णय गरेका हुन ।
टस हारेर पहिला ब्याटिङ गरेको यूएईमाथि पहिलो इनिङ्समा नेपाल हाबी रकेको छ । नेपालका लागि ललित राजबंशीले ३ विकेट लिएका छन् भने सन्दीप लामिछाने र करण केसीले २–२ तथा सोमपाल कामी र गुल्सन झाले १–१ विकेट लिएका छन् ।
यूएईका आसिफ खानले सर्वाधिक ४६ रन जोडेका थिए । मंगलबारको बाँकी खेलमा पहिलो बल ललित राजवंशीका लागि ह्याट्रिकको अवसर हुनेछ ।