नेपाललाई सातौँ सफलता

काठमाण्डु टुडे २०८० वैशाख १८ गते ११:४३ मा प्रकाशित

काठमाण्डु, १८ वैशाख– एसीसी प्रिमियर कपको फाइनल खेलमा नेपालले सातौँ विकेट सिलएको छ । जारी खेलमा सन्दीप लामिछानेले ५ रन बनाएका यूएईका आयान अफजल खानलाई आफ्नो शिकार बनाएका हुन् ।

खेलमा सन्दिपको यो दोस्रो विकेट हो । यूएईले ७ विकेटको क्षतिमा १ सय ३ रन बनाउन सफल भएको छ । यसअघि नेपालका लागि करन केसीले दुई तथा गुल्सन झा सोमपाल कामी र ललित राजवंशीले एक विकेट बनाएका थिए ।

आजको विजेताले एसिया कपमा खेल्ने अवसर प्राप्त गर्नेछ । नेपाल अहिलेसम्म सो प्रतियोगितामा छनोट भएको छैन । घरेलु मैदानको फाइदा उठाउँदै नेपाल पहिलोपटक सो प्रतियोगिता खेल्न लक्ष्यमा रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us