
काठमाण्डु,१६ वैशाख– एसीसी प्रिमियिर कप अन्तरगतको सेमिफाइनल खेलमा कुवेतले चौथो विकेट पनि गुमाएको छ । करन केसीले ९ रन बनाएका राभिजा सान्दारुवानलाई आउट गरेका छन ।
दीपेन्द्र सिंह ऐरीले सान्दारुवानको उत्कृष्ट क्याच लिएका थिए । खेलमा केसीको यो तेस्रो विकेट हो । यस अघि उनेले ५ रन बनाएर मित भावसार र शून्य रन बनाएका अदनान इद्रिसलाई आउट गराएका थिए ।
त्यस्तै खेलमा सोमपाल कामीले एक विकेट बनाएका छन । उनले परविन्दर कुमारलाई आउट गरेका हुन । कुमार एक रन बनाएर एलबीडब्लु आउट भएका थिए । मात्र १९ रन बनाउँदा कुवेतका ४ खेलाडी पभिलियन फर्किसकेका छन् ।