
काठमाण्डु,१६ वैशाख– एसीसी प्रिमियिर कप अन्तरगत कुवेतविरुद्धको सेमिफाइनल खेलमा नेपालले लक्ष्य जोगाउन उत्कृष्ट सुरुवात गरेको छ । मात्र ११ रन बनाउँदा कुवेतले ३ विकेट गुमाएको छ ।
करन केसीले ५ रन बनाएर मित भावसारलाई आउट गरेका छन । उनको खेलमा दोस्रो विकेट हो । यसअघि केसीले शून्य रन बनाएका अदनान इद्रिसलाई आफ्नो शिकार बनाएका थिए ।
त्यस्तै दोस्रो ओभरमा सोमपाल कामीले परविन्दर कुमारलाई आउट गरेका थिए । कुमार एक रन बनाएर एलबीडब्लु आउट भएका थिए ।