नेपालले कुवेतलाई दियो २८१ रनको लक्ष्य

काठमाण्डु टुडे २०८० वैशाख १६ गते १५:०७ मा प्रकाशित

काठमाण्डु,१६ वैशाख– एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले कुवेतविरुद्ध २८१ रनको लक्ष्य प्रप्त गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालको स्कोर ३२।२ ओभरमा १४१ र ३ भएको बेला पानी परेपछि झण्डै दुई घण्टा खेल रोकिएको थियो ।

सुरुमा ४५ ओभरमा छोट्याइएको खेल फेरि पानी परेपछि ४२ मा झर्‍यो । त्यसपछि सुरु भएको खेलमा नेपालले ४२ ओभरमा ९ विकेट गुमाएर २८१ रन बनाउन सफल भएको थियो ।नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ९४ रन बनाएका थिए ।

कुवेतले पाउने लक्ष्य डीएल प्रणालीबाट तय हुँदा १ रन घटेर २८१ कायम भएको हो । नेपालले पावर प्लेमा एक ओभर बढी खेलेका कारण कुवेतले एक रन कम अर्थात २८१ रनको लक्ष्य पाएको हो । डीएल प्रणालीमा अगाडि रहन कुवेतले २० ओभरमा १०७ रन बनाउनुपर्नेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us