प्रतितोला ५ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाण्डु टुडे २०८० वैशाख १५ गते ११:१९ मा प्रकाशित

काठमाण्डु,१५ वैशाख– आज शुक्रबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ९ हजार ६ सय रुपैयाँमा करोबार भएको छापावाला सुनको मूल्य आज ५ सय रुपैयाँले घट्दै १ लाख ९ हजार एक सय रुपैयाँमा झरेको महासंघले जानकारी दिएको छ ।

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ५ सय रुपैयाँले नै घट्दै १ लाख ८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

यता चाँदीको मूल्य भने आज अघिल्लो दिनको मूल्यमा ५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us