काठमाण्डु,१४ वैशाख– कीर्तिपुरमा जारी एसीसी प्रिमियर कप प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा कतारले नेपालविरुद्ध आठौँ विकेट गुमाएको छ ।
सन्दीप लामिछानेले १५ रन बनाएका खुर्राम शहजादलाई एल्बीडब्लु आउट गराएका हुन । खेलमा उनको यो तेस्रो विकेट लिएका हुन ।
नेपालका लागि सोमपाल कामीले तीन विकेट तथा ललित राजवंशीले दुई विकेट लिएका छन ।
कतारले २१।२ ओभरमा ८ विकेटको क्षतिमा ७९ रनउल सफल भएको थियो । नेपालले खेलमा जीतका लागि १ सय ५८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।