सुनको भन्सार दर भारतको भन्दा न्यून छ, बढाउनुपर्छ: महालेखा

काठमाण्डु टुडे २०८० वैशाख ११ गते १५:१३ मा प्रकाशित

काठमाण्डु, ११ वैशाख– महालेखा परीक्षकको कार्यालयले सुनको भन्सार मूल्य बढाउनुपर्ने बताएको छ । छिमेकी मुलुक भारतको तुलनामा नेपालमा सुनको भन्सारदर न्यून रहेकाले बढाउनुपर्ने महालेखाले आफ्नो २० औं प्रतिवेदनमा उल्लेख गरेको छ ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयको अभिलेखअनुसार २०७७/७८ मा २७ अर्ब ४८ करोड रुपैयाँ बराबरको ३ हजार ९४४.५ किलोग्राम सुन आयात भएको थियो ।

उक्त परिणामको सुन आयात हुँदा ३ अर्ब ३५ करोड रुपैयाँ राजश्व जम्मा भएको थियो । यस्तै, २०७८–७९ मा ५ हजार ११३ किलोग्राम सुन ४२ अर्ब ७० करोड रुपैयाँमा आयात भएको थियो ।

यो वर्ष सुनको आयातबापत राज्यले ४ अर्ब ७४ अर्ब रुपैयाँ राजश्व संकलन गरेको थियो । नेपाल सरकारले सुनको आयातमा प्रतिग्राम ८५० अर्थात मूल्यको १० प्रतिशतको हाराहारीमा रहेको छ । जबकी, भारतमा सुनको भन्सार महसुल दर १८.५ प्रतिशत रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us