गोविन्द भट्टराईलाई भोट माग्न गठबन्धनका शीर्ष नेता भोलि तनहुँ जाने

काठमाण्डु टुडे २०८० वैशाख ५ गते १२:११ मा प्रकाशित

काठमाण्डु,५ वैशाख– आगमी १० वैशाखमा तनहुँ– १ मा हुने प्रतिनिधि सभाको उपनिर्वाचनमा सत्ता गठबन्धनका साझा उम्मेदवार गोविन्द भट्टराईलाई भोट माग्न भाली बुधबार सत्ता गठबन्धनका शीर्ष नेता तनहुँ जाने भएका छन ।

तनहुँ– १ मा बैशाख १० गते हुने उपनिर्वाचनमा सत्ता गठबन्धनका साझा उम्मेदवार भट्टराईलाई भोट माग्न शीर्ष नेताहरु भोलि तनहुँ आउन लागेको नेपाली कांग्रेस तनहुँका सभापति जितप्रकाश आलेले जानकारी दिएका छन ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले तनहुँको डुम्रेबजारमा भोलि दिउँसो २ बजे हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, माओवादी केन्द्रका महासचिव देव गुरुङले आज दमौलीको चुनावीसभालाई सम्बोधन गर्ने भएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us