विद्यार्थीहरूको लागि सेमेस्टर प्रणाली प्रभावकारी हुन सकेन: कोइराला

काठमाण्डु टुडे २०८० वैशाख ५ गते ११:४१ मा प्रकाशित

काठमाण्डु,५ वैशाख– शिक्षाविद् एवं प्रा.डा.विद्यानाथ कोइरालाले शिक्षा मन्त्रालयमा देशका ठुला राजनीतिक दलले राजनीतिक स्वार्थ मात्रै पूरा गर्ने देखिएको भन्दै उच्च शिक्षामा राज्यको उदासीनता बढेको बताएका छन ।

जसका कारण अहिलेको सेमेस्टर प्रणाली विद्यार्थीहरूको लागि प्रभावकारी नभएको उनले बताए । आज (मंगलबार) रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।

उनले शिक्षामा बजेट पर्याप्त नभएका कारण सामुदायिक विद्यालयको पहुँच घट्दै गएको पनि बताएका छन । उनले उच्च शिक्षालाई हेर्ने एउटा छुट्टै मेकानिजम स्थापना भएमा शिक्षा क्षेत्र सुधार हुँदै जाने बताएका छन ।

उनले हालसम्म सरकारले तलदेखि उच्च शिक्षासम्म हेर्दै आएकाले दृष्टि पुग्न नसक्दा नेपालको शिक्षा क्षेत्र फस्टाउन नसकेका बताएका छन । वरिष्ठ अधिवक्ता तथा नेपाल प्राध्यापक सङ्घका पूर्व अध्यक्ष डा. बुद्धबहादुर थापाले नेपालमा भोलिका दिनमा न पाठ्यक्रम, न पाठ्य पुस्तक, न शिक्षक कोही नहुने दिन आउने चिन्ता व्यक्त गरेका छन ।

बुटवल उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख मित्रमणि खनालले शिक्षा ऐन २०२८ लाई परिमार्जन गर्दै हालसम्म चल्दै आएको भन्दै नयाँ नीति नबनेसम्म शिक्षाको क्षेत्रको विकास सोचे अनुसार नहुने बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us