
काठमाण्डु,५ वैशाख– आज मंगलबार देखी आठौँ ऊर्जा सम्मेलन सुरु भएको छ । दुई दिने सम्मेलनमा ऊर्जासम्बन्धि विभिन्न विषयमा छलफल हुने बताइएको छ ।
नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, लगानी बोर्ड नेपाल र स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ नेपालले ऊर्जा सम्मेलन गर्न लागेको हो । ऊर्जा सम्मेलनमा ३० भन्दा बढी मुलुकका प्रतिनिधि रहने बताइएको छ ।