सुनको मूल्य घट्यो,चाँदीको स्थिर

काठमाण्डु टुडे २०८० वैशाख ३ गते १२:५७ मा प्रकाशित

काठमाण्डु ,३ वैशाख- नयाँ वर्ष २०८० सालको पहिलो कारोबार दिन आइतबार सुनको भाउ घटेको छ ।

आइतबार सुनको भाउ तोलामा ८ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ।

यता, तेजाबी सुन भने प्रतितोला एक लाख ९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।यसअघि गत बिहीबार छापावाल सुन प्रतितोला एक लाख १० हजार ८ सय रुपैयाँ र तेजावी सुनको भाउ तोलाको १ लाख १० हजार २५० रुपैयाँ निर्धारण भएको थियो ।

महासंघका अनुसार आइतबार चाँदीको मूल्य भने स्थिर छ। आइतबार चाँदी प्रतितोलाई १४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us