
काठमाण्डु ,३ वैशाख-पाल्पाको जंगलमा एक पुरुषको शव फेला परेको छ ।
जील्लाको रम्भा गाउँपालिका वडा नं। ४ का ६३ वर्षीय यमबहादुर सूर्यवंशी मृत अवस्थामा फेला परेका हुन् । गत चैत २८ गते घाँस काट्न जङ्गल गएका उनी शनिवार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनायको छ।
प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।