
काठमाण्डु,२ वैशाख– मधेश प्रदेशसभाका स्वतन्त्र संसद प्रमोद जयसवालले आगमी १० वैशाखमा बारा–२ मा हुने उप–निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गरेका छन् ।
पर्सा–१ बाट स्वतन्त्रबाट चुनाव जितेका जयसवालले आज एक अपिल जारी गरी बारा–२ को उपनिर्वाचनमा उम्मेदवार बनेका जसपाका अध्यक्ष यादवलाई समर्थन गर्दै मतदातालाई मत हाल्नका लागि आग्रह गरेका छन ।
यादवले मधेश आन्दोलनको नेतृत्व गर्नुका साथै मधेशका मुद्दा तथा संघीयता स्थापित गराउन योगदान दिएको बताउँदै उनलाई भोट हाल्न आग्रह गरेका छन ।
अध्यक्ष यादवलाई भोट दिए संसदमा उनको उपस्थितिले मात्र सम्बोधन हुन बाँकी नागरिकता लगायतका विषयहरु सम्बोधन हुने उनले बताएका छन ।
उनले भनेका छन् ‘प्रदेश सांसदहरुले उठाउने विषय समाधान गराउन समेत केन्द्रीय तहमा अभिभावकीय भूमिका खेल्न उपेन्द्र यादवको संघीय सदनमा अपरिहार्य आवश्यकता देखिएको छ’ ।