शोकसभामा सहभागी हुन हिँडेका ८ जनाको सवारी दुर्घटना मृत्यु

काठमाण्डु टुडे २०८० वैशाख २ गते १६:१८ मा प्रकाशित

श्रावस्ती– उत्तर प्रदेशको श्रावस्तीस्थित राष्ट्रिय राजमार्गमा आज शनिबार बिहान भएको सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ ।

आफन्तको निधनमा आयोजना गरिएको शोकसभामा सहभागी हुन लुधियानबाट आएका उनीहरूको सवारी साधन इकाउना प्रहरी चौकीको क्षेत्रमा पर्ने रुखमा ठोक्किदा उक्त दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

यस्तै सवारी दुर्घटनामा परी अन्य छ जना गम्भीर घाइते भएका छन् । ८ जनाको घटनास्थलमा नै मृत्यु भएको बताउँदै श्रावस्तीका प्रमहरी उपरीक्षक प्राची सिंहले गम्भीर घाइते भएका ६ जनालाई बहराइच अस्पताल पठाएको जानकारी दिए ।

मुख्यमन्त्री योगी आदित्यनाथले दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकूल परिवारजनमा समवेदना व्यक्त गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us