सियारी गाउँपालिका अध्यक्षको घरमा प्रेसर कुकर बम

काठमाण्डु टुडे २०८० वैशाख २ गते १४:११ मा प्रकाशित

रुपन्देही,२ वैशाख– रुपन्देहीको सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेको घरमा प्रेसर कुकर बम फेला परेको छ ।

सियारी–४ दयानगर छपियास्थित अध्यक्ष घिमिरेको घर पछाडितर्फको पर्खाल बाहिर प्रेसर कुकर फेला बम परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।

अध्यक्ष घिमिरेले १० बजेतिर घरबाहिर निस्कने बेलामा तारबार जेलिएर राखिएको अवस्थामा प्रेसर कुकुर बम देखीएको बताएका छन । बम देखेलगत्तै उनले प्रहरीमा खबर गरेका थिए ।

अध्यक्ष घिमिरेको घरमा बम भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक डीएसपी श्यामु अर्यालले जानकारी दिएका छन ।

अहिले नेपाल प्रहरी र नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको छ । घिमिरे नेपाली कांग्रेस रुपन्देहीका जिल्ला उपसभापति समेत रहेका छन ।

नेपाली सेनाको बम डिस्पोजल टोलीले बम डिस्पोजको तयारी गरिएको डिएसपी अर्यालले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us