आगलागीमा परेर एक जना वृद्धको मृत्यु

काठमाण्डु टुडे २०८० वैशाख २ गते १२:१६ मा प्रकाशित

गुल्मी,२ वैशाख– आगलागीमा परेर गुल्मीमा एक जना वृद्धको मृत्यु भएको छ । मूत्यु हुनेमा सत्यवती गाउापालिका–४ लिम्घा निवासी ७५ वर्षीय लालबहादुर शाही रहेका छन ।

घाँस काट्ने क्रममा खरेनमा लागेको आगोमा परी घाइते भएको अवस्थामा उनलाई स्थानीयले फेला पारेका मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिएका छन ।

उपचारको लागि स्वास्थ्य संस्थामा लैजाने क्रममा बाटोमै मृत्यु भएको श्रेष्ठले जानकारी दिए । घटनास्थलमा इलाका प्रहरी रिडीबाट प्रहरी निरीक्षक यमलाल बञ्जाडे र प्रहरी चौकी जोहाङ्गबाट प्रहरी नायव निरीक्षक किरणबहादुर रानाभाटसहितको टोली पुगेको थियो ।

प्रहरीले घटना स्थलको मुचुल्क उठाएर शवलाई पोष्ट मार्टमको लागि श्रृङ्गा स्वास्थ्य चौकीमा ल्याएको छ । घटना बारे थप अनुसन्धा भइरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us