
काठमाण्डु,२९ चैत–राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठले पार्टीलाई उपनिर्वाचनमा हराउन आफ्नो अडियो सार्वजनिक गरिएको बताएका छन ।
उनले उक्त अडियोमा सत्यता नरहेको र इडिटिङ गरेर बनाएको बताएका छन । आज बुधबार पत्रकार सम्मेलन गरेर उनले यस्तो बताएका हुन । उनले गत जनवरी–फेब्रुअरीको अडियो अहिले सार्वजनिक गर्नु पनि सुनियोजित भएको बताएका छन ।
उनले भने, ‘ यो अडियो केही पनि होइन, यो फसाइएको हो गत जनवरी, फेब्रुअरीमा भएको अडियो, अहिले ल्याएर हाल्नु भनेको हाम्रो पार्टीलाई चारतिरबाट प्रहार गरिएको हो, पार्टीलाई तीनवटै क्षेत्रमा हराउने सुनियोजित योजना हो’ ।
उनले करिब ५ मिनेट लामो पत्रकार सम्मेलनमा उनले आफ्नो कुरा मात्र राखेका थिए । पत्रकारहरुको प्रश्नको जवाफ दिएनन् ।
पत्रकारहरुले जनवरीमा भएको कुराकानी भन्दै आफैंले स्वीकार गर्नुभयो नि भन्ने प्रश्न गरे पनि उनले जवाफ दिएका छैनन् । श्रेष्ठले आफू न्यायलयमा गइसकेको र क्लिनचिट लिएर आउने बताएका छन ।