चितवन राष्ट्रिय निकुञ्जका दुई वटा एकसिंगे गैँडा मृतावस्थामा फेला

काठमाण्डु टुडे २०७९ चैत २९ गते १६:२० मा प्रकाशित

काठमाण्डु,२९ चैत– चितवन राष्ट्रिय निकुञ्जका दुई वटा एकसिंगे गैँडा मृतावस्थामा भेटीएका छन । निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने अमलटारी सेक्टर अन्तर्गत मर्दी घोलस्थित निकुञ्जको कोर क्षेत्रमा एक पोथी गैँडा मृतावस्थामा फेला परेको निकुञ्ज प्रशासनले जानकारी दिएको छ ।

अन्दाजी उमेर ७ महिनाको उक्त गैँडाको खाग नपलाएको र भाले गैँडाको आक्रमणका कारण मृत्यु भएको हुनसक्ने निकुञ्ज प्रशासनले जनाएको छ ।

यसैगरी निकुञ्जकै माडी सेक्टर अन्तर्गत रिउ खोलाको दक्षिण किनारको मध्यवर्ती क्षेत्रमा पनि एक भाले गैडा फेला मृतावस्थामा फेला परेको छ ।

महिना उमेरको गैँडाको खाग नपलाएको र मृत्यु बाघको आक्रमणबाट भएको निकुञ्ज प्रशासनले जानकारी दिएको छ । योसँगै चितवन राष्ट्रिय निकुञ्ज र निकुञ्जको मध्यवर्ती क्षेत्रमा चालु आवमा मृत्यु हुने गैँडाको संख्या १६ वटा पुगेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us