सगरमाथामा तीन आरोही बेपत्ता

काठमाण्डु टुडे २०७९ चैत २९ गते १५:२३ मा प्रकाशित

काठमाण्डु,२९ चैत– सगरमाथामा तीन जना शेर्पा आरोही बेपत्ता भएका छन । बेपता हुनेहरुमा दा छिरी शेर्पा, लाक्पा टेण्डी शेर्पा र लाक्पा रिता शेर्पा रहेका छन ।

पर्यटन विभागका निर्देशक युवराज खतिवडाका अनुसार उनीहरु बुधबार बिहान साढे ९ बजेदेखि हराइरहेका छन् । उनीहरु बेस क्याम्पबाट क्याम्प वानको बीचमा बेपत्ता भएका हुन ।

अहिले सिम्रिक एयरको हेलिकप्टरमार्फत उनीहरुको खोजी कार्य भइरहेको बताइएको छ ।उनीहरुको उद्धारका लागि स्थलमार्गबाट समेत टिम खटिएको छ ।

अहिले सगरमाथा आरोहणलाई सहज बनाउन बाटो बनाउने तथा अत्यावश्यक सामान लैजाने काम जारी रहेको छ । ती शेर्पा आरोही आफ्नो कम्पनीका व्यावसायिक आरोहीको सामान ओसारपसारमा खटिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us