दलपिच्छेका ट्रेड युनियनहरू खारेज गर्नुपर्छ: रघुजी पन्त

काठमाण्डु टुडे २०७९ चैत २९ गते १५:१५ मा प्रकाशित

काठमाण्डु,२९ चैत– एमाले सांसद रघुजी पन्तले दल पिच्छेका ट्रेड युनियनहरू खारेज गर्नुपर्ने बताएका छन । आज बुधवारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पन्तले यस्तो बताएका हुन ।

उनले नेपालको लोकतान्त्रिक आन्दोलनमा शिक्षक, कर्मचारीको भूमिका रहे पनि अहिलेको अवस्थामा त्यसमा पुनर्विचार गर्नुपर्ने भन्दै दलपिच्छेका ट्रेड युनियनहरू खारेज गर्नुपर्ने बताएका छन ।

उनले भने, ‘परिस्थितिले कानुनहरूमा केही परिवर्तन पनि खोज्छ । परिस्थितिले नयाँ कानुन निर्माणको आवश्यकता पनि देखाउँछ’ नेपालको लोकतान्त्रिक आन्दोलनमा शिक्षक कर्मचारीको ठुलो भूमिका पनि छ ।

त्यो भूमिकाको हामीले सराहना पनि गर्नुपर्छ । तर अब अहिलेको परिस्थितिमा उहाँहरूले विभिन्न दलगत ट्रेड युनियन कायम राख्ने कुरा कति उपयुक्त हुन्छ भनेर राजनीतिक दलहरूले पनि र मन्त्रीजीले कानुन बनाउँदा पनि सोच्ने अवस्था आयो ।’ उनले कर्मचारीहरूको दलीयकरणले समस्या ल्याएको पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us