कर्मचारीको ट्रेड युनियन खारेज गरौं: शाही

काठमाण्डु टुडे २०७९ चैत २९ गते १५:१० मा प्रकाशित

काठमाण्डु,२९ चैत– राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सरकारी कर्मचारीको ट्रेड युनियन खारेज गर्नुपर्ने बताएका छन । आज बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन ।

उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्‍त्री अमनलाल मोदीको वक्तव्य उपर धारणा राख्दै उनले भने, कर्मचारीको युनियन खारेज गर्ने नीति ल्याउनुस् । तपाईंलाई हाम्रो हार्दिक स्वागत छ ।’

संघीय मामिला तथा सामान्य प्रशासन मन्‍त्री मोदीले संघीय निजामति विधेयक संसदमा ल्याउने तयारीमा सरकार रहेको बताएका छन ।

संघीय निजामती विधेयक तयार पारेर कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र अर्थ मन्त्रालयमा पठाइएको उनले बताएका छन ।

कानुन र अर्थ मन्त्रालयको राय प्राप्त भएपछि मन्त्रिपरिषदबाट स्वीकृति प्राप्त गरेर संसदमा ल्याउने तयारीमा सरकार रहेको मन्त्री मोदीले बताएका छान ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us