
चितवन,२९ चैत– चितवनमा रहेको टाइगरल्याण्ड सफारी रिसोर्टमा आगलागी भएको छ। गीतानगरमा रहेको रिसोर्टमा विद्युत सर्ट भएर आगलागी भएको बताइएको छ ।
जगतपुरमा रहेको सो रिसोर्टको आगलागी नियन्त्रणको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी रामेश्वर कार्कीले जानकार दिएका छन ।
अहिले चारवटा दमकलले आगो निभाउने कोसिस गरिहेका छन्। आगो केहीबेर लागेको हो। घटनाका विषयमा विस्तृत विवरण भने आउन बाँकी रहेको छ ।