
काठमाण्डु,२९ चैत– नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको सचेतकमा रुपा सोशी चौधरी चयन भएकी छन् ।
प्रधानमन्त्री एव्. संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले चौधरीलाई सचेतक मनोनित गरेका हुन् ।
समानुपातिक सांसद चौधरी कैलालीबाट प्रतिनिधित्व गर्छिन् । उनी माओवादी केन्द्रकी केन्द्रीय सदस्य पनि हुन् ।