नयाँ वर्षदेखि माओवादी केन्द्रका मन्त्रीसँगको भेटघाट पेरिसडाँडामा

काठमाण्डु टुडे २०७९ चैत २९ गते १२:२५ मा प्रकाशित

काठमाण्डु,२९ चैत– आगमी १ वैशाख नयाँ वर्षदेखि नेकपा माओवादी केन्द्रका मन्त्रीहरुलाई भेट्न सिंहदरबार धाउन नपर्ने भएको छ ।

नेकपा माओवादी केन्द्रले आफ्नो पार्टीबाट मन्त्री बनेकाहरुसँग केन्द्रीय कार्यालय पेरिसडाँडामै भेट्ने व्यवस्था गरीने लागीएको हो ।

माओवादी केन्द्रको वैशाख १ गतेदेखि माओवादी मन्त्रीहरुलाई पार्टी कार्यालयमा भेट्ने व्यवस्था गर्न लागिएको केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिएका छन ।

उनले भने, ‘पार्टीका कार्यकर्ता, जनता सबैलाई हप्तामा एक दिन दिउँसो चार बजेदेखि ६ बजेसम्म केन्द्रीय कार्यालयमा भेट्ने व्यवस्था मिलाउँदैछौं । ’

उनले कार्यालय समयमा मन्त्रीहरुलाई काममा डिस्टर्ब नहोस् र मन्त्रीहरुले सरकारकै काममा ध्यान दिउन् भनेर अपराह्न ४ बजे पछिको समय पार्टी कार्यालयमा दिने गरी व्यवस्थित गर्न लागिएको बताएका छन ।

कार्यालय समयमा मन्त्रालय र क्वाटरमा मन्त्रीहरुसँग भेट्नेहरुको भिडभाड हुन थालेपछि त्यसलाई व्यवस्थित गर्नुपर्ने भनेर माओवादी पदाधिकारी बैठकमा छलफल भएको थियो ।

सोही छलफलको आधारमा मन्त्रीहरुसँग सबैले सजिलै भेट्न पाउन् भनेर पार्टी कार्यालयमै भेट्ने व्यवस्था गर्न लागिएको सचिव ढकालले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us