एमाले संसद विघटनको दाउमा रहेको छ: माधव नेपाल

काठमाण्डु टुडे २०७९ चैत २९ गते १२:१३ मा प्रकाशित

काठमाण्डु,२९ चैत– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल एमाले संसद विघटनको दाउमा रहेको बताएका छन ।

सुनसरीको इनरुवामा बुधबार सञ्चारकर्मीहरु कुरा गर्दै उनले यस्तो बताएका हुन । नेता नेपालले एमाले संसद विघटन गरी मध्यावधि चुनावमा जाने दाउमा रहेको बताएका छन ।

उनले एमालेको यो सोचलाई पूरा हुन नदिने बताएका छन । अध्यक्ष नेपालले संविधान मिच्ने कुरालाई आफूले समर्थन गर्न नसक्ने बताएका बताएका छन ।

उनले भने, ‘एमालेभित्र अब अहिले प्रतिनिधि सभालाई फेरि पनि विघटन गर्न सकिने हुन्छ । विघटन गर्न सकिन्छ । मध्यावधिको अवस्थामा जान सकिन्छ भन्ने सोच हामीले सुनेका छौं ।

त्यो बाटोमा त हामी जान सक्दैनौं । संविधान मिच्ने कुरालाई हामी समर्थन गर्न सक्दैनौं ।’ उनले एमालेसँगको एकताको सम्भावनाका बारेमा मन र विचार मिल्नेहरुसँग बहस र छलफल गर्न तयार रहेपनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भने त्यस एकताको सम्भावना नभएको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us