
काठमाण्डु,२९ चैत– बैतडीमा जिप दुर्घटना हुँदा एकै गाउँका ६ जनाको मृत्यु भएको छ । जिपमा सवार ५ जनाले भने हामफालेर ज्यान जोगाएका छन् ।
मूत्यु हुनेमा बझाङको केदारस्युँ गाउँपालिका–५ का मने बोहरा, नरे बोहरा, गोरख बोहरा, बिर्ख धामी, मानबहादुर धामी र बिरे धामी रहेका छन ।
खोड्पेदेखि बझाङ जाँदै गरेको से १ ज ७६४ नम्बरको जिप गएराति ११ः२५ बजेको समयमा पाटन नगरपालिका ८, झाउलेक भन्ने स्थानमा दुर्घटना भएको हो ।
जिप सडकबाट करिब ५०० मिटर तल खसेको प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । मृतक सबै एकै गाउँका हुन् । दुर्घटनाको समयमा जिपमा १२ जना थिए ।
तीमध्ये ५ जनाले हामफालेर ज्यान जोगाएको र चालक फरार रहेको प्रहरी निरीक्षक खत्रीले जानकारी दिएका छन। जिप दुर्घटनाको कारण खुलेको छैन ।