
सिन्धुली,२९ चैत– सिन्धुलीको कमलामाई नगरपालिका–३ गढीगेट नजिक कार दुर्घटना हुँदा चार भारतीय नागरिकको मृत्यु भएको छ ।
बिपी राजमार्गअन्तर्गत मंगलबार राति साढे १२ बजे भारतीय नम्बरप्लेटको बीआर०६ डिडी ०६८७ कार दुर्घटना भएको र चार जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी चिरञ्जीवी दाहालले जानकारी दिएका छन ।
तीन जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा सिन्धुली जिल्ला अस्पतालमा मृत्यु भएको उनले बताएका छन । दुर्घटनामा एक जना पुरुष घाइते भएका छन् । उनलाई उपचारका लागि धुलिखेल पठाइएको डीएसपी दाहालले जानकारी दिए।