सरकारी कोषमा १ खर्ब ९० अर्ब नगद मौज्दात

काठमाण्डु टुडे २०७९ चैत २८ गते १५:३४ मा प्रकाशित

काठमाण्डु, २८ चैत- राष्ट्र बैंकले सरकारको १ खर्ब ९० अर्ब रुपैयाँ बराबरको नगद मौज्दात रहेको जनाएको छ ।

मंगलबार चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको वित्तीय रिपोर्ट सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले यस अवधिमा संघीय, प्रादेशिक र स्थानीय तह तीन वटै सरकारीको कोषको गरी कूल १ खर्ब ९० अर्ब ६३ करोड रुपैयाँ नगद रहेको बैंकले जनाएको हो ।

आर्थिक वर्ष २०७९र८० को ८ महिनामा संघीय सरकारको कुल खर्च नेपाल सरकार, अर्थ मन्त्रालय ९महालेखा नियन्त्रक कार्यालय० का अनुसार ७ खर्ब ७९ अर्ब २३ करोड भएको छ । समीक्षा अवधिमा चालु खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्था खर्चतर्फ क्रमशः रु.६०८ अर्ब ८४ करोड, रु.८४ अर्ब २६ करोड र रु.८६ अर्ब १३ करोड रहेको छ ।

समीक्षा अवधिमा संघीय सरकारको कुल राजस्व परिचालन ९प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकम समेत० रु।५८२ अर्ब ७७ करोड भएको छ । समीक्षा अवधिमा यस अन्तर्गत कर राजस्व तर्फ ५ खर्ब २६ अर्ब ४७ करोड र गैर कर राजस्व तर्फ ५६ अर्ब३० करोड परिचालन भएको बैंकले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us