३ दलका शीर्ष नेताको बैठक जारी

काठमाण्डु टुडे २०७९ चैत २८ गते ११:१४ मा प्रकाशित

काठमाण्डु, २८ चैत– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको आह्वानमा मुख्य ३ दलकै बैठक जारी छ ।

सभामुखको निवास बालुवाटारमा सुरु भएको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्ष दल एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी भएका छन ।

यसैगरी एमाले प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस सांसद ईश्वरी न्यौपाने पनि बैठकमा सहभागी भएका छन ।

महान्यायधिवक्ता दीनमणि पोखरेल र पूर्वमहान्यायाधिवक्ता रमेश बडाललाई पनि बैठकमा बोलाइएको छ । बैठकमा टिआरसीसहितका अन्य विधेयकका बारेमा छलफल भइरहेको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us