
काठमाण्डु,१७ चैत– कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवन बहादुर शाहीले सरकार संकटमा परेमा मात्र विश्वासको मत दिने बताएका छन ।
आज (शुक्रबार) विश्वासको मत लिने मुख्यमन्त्री राजकुमार शर्माको प्रस्तावमाथि धारणा राख्दै उनले यस्तो बताएका हुन । कांग्रेस संसदीय दलका नेता शाहीले सरकार संकटमा परे कांग्रेसले विश्वासको मत दिने बताएका छन ।
उनले भने, ‘सरकार संकटमा छ या छैन्, त्यो त थाहा छैन्’ ‘मैले पहिलेपनि भनेको थिए, यदी सरकार संकटमा परे कांग्रेसले विश्वासको मत दिन्छ ।’
तर संसद् बैठक सुरु हुनु अघि नै बसेको कांग्रेस कार्य सम्पादन समितिको बैठकले भने शर्माले मागेको विश्वासको मतको पक्षमा मत दिने निर्णय गरेको बैठकमा सहभागी काँग्रेसको एक नेताले जानकारी दिएका छन ।
२७ पुसमा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका माओवादी संसदीय दलका नेता शर्माले ६ माघमा पहिलो पटक विश्वासको मत लिएका थिए । त्यो बेला कांग्रेसले भने विश्वासको मत दिएको थिए ।