जसपाबाट अशोक राई शिक्षामन्त्री

काठमाण्डु टुडे २०७९ चैत १७ गते १४:०५ मा प्रकाशित

काठमाण्डु, १७ चैत– जनता समाजवादी पार्टीबाट अशोक राई शिक्षामन्त्री बन्ने पक्का भएको छ । जसपाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एक मन्त्रीको मात्र नाम दिएको छ ।

सत्ता गठबन्धनमा भएको भगवण्डामा जसपाले दुई मन्त्रालय पाएको थियो । तर पार्टीमा भागवण्डा मिलाउन नसकेपछि अध्यक्ष उपेन्द्र यादवले राईको मात्र नाम पठाएका हुन् ।

स्रोतका अनुसार अर्कामन्त्रीमा राजकिशोर यादव र प्रदीप यादव दुबैको दाबी रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us