डिस होमको आइटिभीमा आइपिएल हेर्न सकिने

काठमाण्डु टुडे २०७९ चैत १७ गते १२:३६ मा प्रकाशित

काठमाण्डु, १७ चैत- नेपालको पहिलो प्रिमियर आइपीटिभी डिस होम आइटिभीमा विश्वकै चर्चित भारतीय प्रिमियर लिग आइपिएल एचडी क्वालिटीमा हेर्न सकिने भएको छ ।

डिस मिडिया नेटवर्कले पछिल्लो समय प्रविधिमा आएको परिवर्तन र ग्राहकहरुको चाहनालाई मध्यनजर गरेर आइपीटिभीको सेवा शुभारम्भ गरेको हो । नेपालको पहिलो प्रिमियम आइपीटिभी डीएच आइटिभी, डीटिएच र टेरेस्ट्रीएल भन्दा फरक प्रविधी भएको कारण आइपीटिभीमा लोकप्रिय आइपिएल एचडी क्वालिटीमा हेर्न सकिनेछ ।

यस्तै क्रिकेटबाहेक कोरियन, पाकिस्तानी, इरानी, वुल्गेरियन आदी विभिन्न अन्तर्राष्ट्रिय सिरिज पनि आफूले चाहेको समयमा हेर्न सकिनेछ ।यसबाहेक दैनिक रुपमा विभिन्न खेलकुद, सिरिज, सिनेमा र रमाइलो टिभीमा कार्यक्रमका साथै २०० भन्दा बढी टिभी च्यानलहरु, ५ हजार घण्टा भन्दा वढि विभिन्न कन्टेन्ट हेर्न सकिनेछ ।

आइटिभीमा भिडियो अन डिमाण्ड, क्याच अप टिभी, स्टार्ट ओभर टिभी, युट्युब, टिकटक लगायत अन्य विभिन्न एप तथा फिचर्सहरु उपलब्ध रहेको छ ।इन्टरनेट मार्फत टिभी सिग्नल प्राप्त हुनेभएकोले यो सेवा लिनको लागि इन्टरनेट कनेक्सन हुन जरुरी हुन्छ ।

ग्राहकहरुले आफ्नो नजिकैको डिलर दाइकोमा वा हाम्रो ग्राहक सेवा केन्द्रमा सम्पर्क गरेर डीएच फाइबरनेट जडान गर्दै नेपालको पहिलो प्रिमियम आइपीटिभीको मज्जा लिन सक्नुहुनेछ।

डिसहोमका ग्राहकले डीटीएचलाई जस्तै साथ र मायाका साथै अन्य सेवा प्रदायकको भन्दा गुणस्तरीय र उत्कृष्ट सेवा पाउने कम्पनीले विश्वास लिएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us