कप्तानी डेब्युमा एमबाप्पेको २ गोल

काठमाण्डु टुडे २०७९ चैत ११ गते ११:३२ मा प्रकाशित

एजेन्सी– फ्रन्सका फुटबल स्टार किलिएन एमबाप्पेले फ्रान्सको लागि कप्तानी डेब्युको पहिलो खेलमै दुई गोल गरेका छन ।

विश्वकप उपविजेता फ्रान्सले युरोकप २०२४ को छनोटको पहिलो खेलमा एमबाप्पेको उत्कृष्ट प्रदर्शनमा फ्रान्सले नेदरल्याण्ड्सलाई ४–० ले पराजित गरेको हो ।

घरेलु मैदान स्टेड डे फ्रान्समा भएको खेलमा दोस्रो मिनेटमै एन्टोनी ग्रीजमनले एमबाप्पेको पासमा गोल गरेका थिए ।

त्यसपछि आठौं मिनेटमा डायोट उपामाचोले गोल गर्दै अग्रता दोब्बर पारे । एमबाप्पेले २१औं मिनेटमा गोल गरेपछि फ्रान्सले पहिलो हाफमा ३–० को अन्तर बनाएको थियो ।

एमबाप्पेले ८८औं मिनेटमा व्यक्तिगत दोस्रो तथा फ्रान्सका लागि चौथो गोल गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us