कांग्रेसले बागमतीमा मुख्ममन्त्री जम्कट्टेललाई विश्वासको मत दिने

काठमाण्डु टुडे २०७९ चैत १० गते १४:५४ मा प्रकाशित

काठमाण्डु,१० चैत– कांग्रेसले बागमती प्रदेश सरकारलाई समर्थन दिने गर्न भएको छ । प्रदेशसभाको शुक्रबारको बैठकलाई सम्बोधन गर्दै कांग्रेस संसदीय दलको नेता बहादुरसिंह लामाले प्रदेश सरकारलाई समर्थन दिँदै प्रदेशका मुख्यमन्त्री एवम् माओवादी केन्द्र शालिकराम जम्कट्टेललाई विश्वासको मत दिने उनले बताएका छन ।

कांग्रेस सरकारलाई समर्थन गर्दै देश विकास र जनताको स्तर सुधारका लागि सरकारमा सहभागी हुने उनले बताएका छन । उनले केही समयअघि देशमा निर्माण भएको अस्वभाविक गठबन्धन ढलेको बताएका छन ।

उनले देशभित्र मौलाएको भ्रष्टाचार र अराजकता राक्न वर्तमान सरकार सफल हुने बताएका छन । उनले कुनै पनि विषय आफू अनुकूल हुँदा ठिक अनुकूल नहुँदा वेठिक भन्ने नहुने बताएका छन ।

उनले संसदीय प्रक्रियामा रहेर संविधानले दिएको कार्यक्षेत्रको आधारमा सरकार र प्रतिपक्षको भूमिका निर्वाह गरेर अघि बढ्नुपर्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us