१२ लाख हुण्डीको रकमसहित एकजना पक्राउ

काठमाण्डु टुडे २०७९ चैत ९ गते १८:३४ मा प्रकाशित

काठमाण्डु,९ चैत– प्रहरीले न्युरोडबाट १२ लाख हुण्डीको रकमसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको भानु नगरपालिका घर भएर टोखा बस्दै आएका ४७ वर्षीय सञ्जय खनाल रहेका छन ।

आरोपीको साथबाट एक थान खाली चेक पनि बरामद गरिएको प्रहरील बताएको छ ।आरोपीविरुद्ध राष्ट्र बैंक ऐन अन्तर्गत अदालतबाट ४ दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us