नयाँ इतिहास रच्दै रोनाल्डो

काठमाण्डु टुडे २०७९ चैत ९ गते १७:२० मा प्रकाशित

एजेन्सी – पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डो नयाँ इतिहास रच्ने नजिक पुगेका छन । आज (बिहीबार) लिख्टेन्सटाइनविरुद्ध हुने युरो २०२४ को छनोट खेलमा सहभागी भए उनी पुरुष अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै खेल खेल्ने खेलाडी बन्ने भएका छन ।

३८ वर्षीय खेलाडीले विश्वकपमा मोरक्कोविरुद्धको खेलमा कुवेतका फरवार्ड बादेर अल–मुतावाको १९६ खेलको कीर्तिमान बराबरी गरेका थिए ।

हाल साउदी अरबमा अल–नासरबाट खेलिरहेका रोनाल्डोको नाममा सर्वाधिक अन्तर्राष्ट्रिय गोल ९११८० को कीर्तिमान पनि छ । विश्वकपको क्वार्टरफाइनलबाटै पोर्चुगल बाहिरिएपछि रोनाल्डोको अन्तर्राष्ट्रिय करियरको भविष्यको बारेमा अनेक आशंका उत्पन्न भएको थियो ।

तर पोर्चुगलका नयाँ प्रशिक्षक रोबर्टो मार्टिनेजले रोनाल्डो अझै पनि टिमको महत्त्वपूर्ण सदस्य रहेको र उनको उमेर आफूले नहेरेको बताएका छन । गत नोभेम्बरमा म्यान्चेस्टर युनाइटेड छाडेयता उनले अल नासरका लागि १० खेलमा ९ गोल गरिसकेका छन् ।

रोनाल्डोले बुधबार भने, ‘रेकर्डहरु मेरो प्रेरणा हो,’ रोनाल्डोले बुधबार भने, ‘म अन्तर्राष्ट्रिय खेलमा सबैभन्दा धेरै खेल खेल्ने खेलाडी बन्न चाहन्छु । यसको मलाई गर्व रहनेछ ।’

आफ्नो करियरमा रोनाल्डोले सात वटा घरेलु लिग उपाधि, ११ अन्य घरेलु ट्रफी, पाँच च्याम्पियन्स लिग, चार क्लब विश्वकप र एउटा युरो कपको उपाधि जितेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us