
एजेन्सी– भारतीय कांग्रेसका नेता राहुल गान्धी ‘सभी चोरों का सरनेम मोदी क्यों होता है?’ अर्थात् ‘सबै चोरहरुको थर मोदी किन हुन्छ?’ भन्ने अभिव्यक्तिका कारण गान्धीलाई २ वर्षको जेल सजाय सुनाइएको छ।
गुजरातको सूरत सेशन अदालतले आपराधिक मानहानीको मुद्दामा गान्धीलाई दोषी ठहर गर्दै २ वर्षको सजाय सुनाएको हो । भारतीय दण्ड संहिता ‘इन्डियन पिनल कोड’ (आईपीसी)मा आपराधिक मानहानीको मामिलामा अधिकतम २ वर्षको सजाय हुने प्रावधान रहेको छ ।
राहुललाई अदालतबाट तुरुन्तै ३० दिनका लागि जमानत समेत प्राप्त भएको छ। अदालतले राहुललाई माथिल्लो अदालतमा निवेदन दिने समय पनि दिएको छ।
उनी यस दौरान पूर्ण जमानत (पर्मानेन्ट बेल)का लागि समेत आवेदन दिन सक्ने भएका छन । सन् २०१९ मा कर्नाटकमा आयोजित एक र्यालीका दौरान राहुलले ‘सबै चोरहरुको थर मोदी किन हुन्छ ?’
भन्ने अभिव्यक्ति दिएका थिए। राहुलको उक्त अभिव्यक्तिले सम्पूर्ण मोदी समाजको अपमान गरेको भन्दै भारतीय जनता पार्टी ९भाजपा०का विधायक पूर्णेश मोदीले उनीविरुद्ध मुद्दा दायर गरेका थिए। ४ वर्ष पुरानो यो मामिलामा गुजगारको सूरत कोर्टले बिहीबार राहुललाई दोषी ठहर गरेको हो।