राष्ट्रपति पौडेलसँग चीनका राजदूतको शिष्टाचार भेट

काठमाण्डु टुडे २०७९ चैत ८ गते १७:५७ मा प्रकाशित

काठमाण्डु, ८ चैत– नेपालका लागि चीनका राजदूत चेन सङले राष्ट्रपति रामचन्द्र पौडेलबीच शिष्टाचार भेटवार्ता भएको छ । राजदूत सङले आज (बुधवार) राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।

भेटको क्रममा नेपाल र जनवादी गणतन्त्र चीनबीच रही आएको द्धिपक्षीय सम्बन्ध, पारस्परिक हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिएका छन ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us