
काठमाण्डु ,७ चैत -प्रधानमन्त्री थ्री नेसन्स कपका लागि सात नयाँ खेलाडीसहित मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टोले मंगलबार नेपाली राष्ट्रिय फुटबल टिम घोषणा गरेका छन् ।
टिममा सात खेलाडीले पहिलो पटक स्थान बनाएका छन्। पहिलो पटक टिममा स्थान बनाउने खेलाडीमा गोलकिपर अभिषेक बराल, डिपेन्डरद्वय सनिष श्रेष्ठ र पदम भट्टराई, मिडफिल्डद्वय नवीन लामा र मणिकुमार लामा तथा फरवार्डद्वय सुमित श्रेष्ठ र दीपकसिंह ठकुरीले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका छन्।
घोषित २३ सदस्यीय टिमको कप्तानमा किरण लिम्बू रहेका छन् । उनीसँगै गोलरक्षकमा अभिषेक बराल र दीप कार्की छन् ।यस्तै डिफेन्डरमा सनिश श्रेष्ठ, विकास खवास, अनन्त तामाङ, पद्म भट्टराई, आदित्य चौधरी र निशान खड्का छन् ।
मिडफिल्डरमा पुजन उपरकोटी, एरिक विष्ट, नवीन लामा, रोहित चन्द, कमल थापा, मणीकुमार लामा र भरत खवास छन् । फरवार्डमा भने आयुष घलान, नवयुग श्रेष्ठ, दीपकसिंह ठकुरी, अञ्जन विष्ट, अनिश चौधरी, सुमित श्रेष्ठ र मनीष डाँगी छन् ।
दशरथ रंगशालामा बुधबारदेखि सुरु हुने प्रतियोगितामा नेपाल, भुटान र लाओसको सहभागिता रहेको छ। फिफा वरियतामा नेपाल १७५, भुटान १८५ र लाओस १८७ स्थानमा छन्।
नेपालले दुवै टिमसँग अहिलेसम्म पराजय भोग्न परेको छैन। फिफा वरियतामा नेपाल अघि रहे पनि दुवै टिमलाई सम्मान गर्ने नेपालका प्रशिक्षक र कप्तानको भनाइ छ। यस्तै उनीहरुले फिफा वरियताको आधारमा खेलको नतिजा निर्धारण नहुने पनि बताए।गत डिसेम्बरमा लाओसले बलियो मानिएको म्यानमारसँग २९२ गोलको बराबरी खेलेको थियो।
त्यसयता लाओसले पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो।भुटानले भने तीन वर्षपछि अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो। सन् २०१९ यता भुटानले अन्तर्राष्ट्रिय खेल खेलेको छैन।नेपालले उद्घाटन खेलमा भोलि साँझ ६ बजे लाओससँग खेल्नेछ। यस्तै नेपालले चैत १४ मा भुटानसँग खेल्नेछ।
त्यसअघि माघ ११ मा लाओस र भुटानबीच खेल हुनेछ।समूह चरणका सबै खेल साँझ ६ बजे सुरु हुनेछन्। फाइनल चैत १७ मा साँझ ५:३० बजे हुनेछ।