ट्रम्पमाथिको कारबाही युट्युबले २ वर्षपछि फुकुवा गर्‍यो

काठमाण्डु टुडे २०७९ चैत ४ गते १२:११ मा प्रकाशित

एजेन्सी–अमेरिकी टेक कम्पनी युट्युबले करिब २ वर्षपछि अमेरिका का पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको कारबाही फुकुवा गरेको छ ।

यसअघि, ट्रम्पले आफ्नो च्यानलमा भिडियो पोस्ट गर्दै हिंसालाई बढुवा दिएको आरोपसहित टेक जायन्ट युट्युबले करिब २ वर्षअघि प्रतिबन्ध लगाएको ।

टेक जायन्ट युट्युबले करिब २ वर्षअघि ट्रम्पको च्यानलमाथि प्रतिबन्ध लगाएको थियो । युट्युबअघि एलन मस्कको ट्वीटर र मार्क जुकरवर्गको मेटा र इन्सटाग्रामले समेत ट्रम्पमाथिको प्रतिबन्ध फुकुवा गरेको छ ।

प्रतिबन्ध हटेसँगै अब ट्रम्पको युट्यूब च्यानल प्रयोगकका लागि योग्य बनेको छ र उनले भिडियोहरू पोस्ट गर्न सक्ने युट्युबले जानकारी जानकारी दिएको छ । युट्युबको प्यारेन्ट कम्पनी गुगलले ट्वीटरमा लेखेको छ, ‘आजदेखि सुरु भएको छ, डोनाल्ड जे।ट्रम्पको च्यानलको प्रतिबन्ध फुकुवा भएको छ ।’

यसअघि अमेरिकी राष्ट्रपतिको निर्वाचनमा पराजित बनेपछि ट्रम्पले सामाजिक सञ्जालमार्फत हिंसा भड्काएको बताएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us