
काठमाण्डु , २ चैत– नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ । लिग टूको अन्तिम खेलमा युएईलाई डिएल मेडथमा ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो ।
युइएविरुद्ध डिएलएस पद्धतिमा नेपालले ९ रनले जित हात पारेको हो । नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २६९ रन बनाएको थियो । जसमा नेपाललाई जितका लागि २६७ रन आवश्यक रहेको थियो ।
यद्यपि, खेल खेलाउन अँध्यारो भएका कारण खेल रोकिएपछि खेल डकवर्थ लुइस प्रणालीमा पुगेको थियो । जितसँगै नेपाल विश्वकप छनोटमा प्रवेश गरेको छ ।