
काठमाण्डु, २ चैत– त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी क्रिकेट लिग–२ अन्तिम शृंखलाको अन्तिम खेलमा नेपालका लागि कुशल भुर्तेलपछि भीम सार्कीले अर्धशतक पूरा गरेका छन्।
सार्कीले ६० बलमा ५० रन पूरा गरेका हुन्। यसअघि भूर्तेलले ३२ रनमा ५० रन पुर्याकएर आउट भएका थिए । सार्कीसँग आरिफ सेखले साझेदारी गरिरहेका छन्। ३० बलमा २२ रन बनाएर सेखले खेलिरहेका छन् ।
२६ २ ओभरमा नेपालले चार विकेट गुमाएर १५१ रन बनाउन सफल भएको छ । सातौं ओभरमा ३७ रन बनाउँदा तीन विकेट गुमाएको नेपालका विस्तारै लयमा फर्किदैछ । ३११ रनको लक्ष्य सहित नेपाल ब्याटिङ मा रहेको छ ।