
काठमाण्डु, २ चैत– त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले तेस्रो विकेट पनि गुमाएको छ ।
युएईले दिएको ३११ रनको लक्ष्य पछयाएको नेपालले ७ औं ओभरमा तेस्रो विकेट गुमाएको हो । यो सँगै नेपालका कप्तान रोहित कुमार पौडेल १६ रन बनाएर आउट भएका छन । उनलाई आयान खानले १६ रनमा क्याच आउट गराएका हुन ।