यूएईले दियो नेपाललाई ३११ रनको लक्ष्य

काठमाण्डु टुडे २०७९ चैत २ गते १३:३७ मा प्रकाशित

काठमाण्डु, २ चैत– त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा यूएईले नेपाललाई ३११ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएको थियो । यूएईका लागि आसिफ खानले शतकिय पारी खेले ।

आसिफले ४२ बल खेल्दै ४ चौका र ११ छक्काको सहयोगमा १०१ रन बनाएका थिए । कप्तान मोहमद वसिम र भिर्टिया अबिन्द्रले अर्धशतकीय पारी खेलेका थिए । त्यस्तै वसिमले ४९ बलमा २ चौका र ६ छक्का प्रहार गर्दै ६३ रन बनाउन सफल भएका थिए ।

अबिन्द्रले १३८ बल खेल्दै ८ चौका र २ छक्काको सहयोगमा ९४ रन बनाएका थिए । यूएईका रोहन मुस्तफाले २० रन बनाएका थिए । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले विकेट लिएका थिए ।

त्यस्तै सन्दीप लामिछाने, सोमपाल कामी र ललित राजवंसीले एक एक विकेट लिएका थिए । आजको खेलमा जित निकाल्दै नेपाल सोझै विश्वकप छनोटमा स्थान बनाउने योजनामा रहेको छ ।

यता यूएई पनि आजको खेलमा जित निकाल्दै एकदिवसीय मान्यता जोगाउने लक्ष्यमा रहेको छ । लिग–२ मा नेपाल ३५ खेलबाट १८ जितसँगै ३८ अंक जोडेर तालिकाको चौथो स्थानमा रहेको छ । यूएई ३५ खेलबाट ३३ अंक जोडेर तालिकाको छैटौं स्थानमा रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us