
काठमाण्डु,२ चैत– त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी विश्वकप लिग २ अन्तरगत प्रतियोगितामा नेपाललाई चौथो सफलता मिलेको छ ।
त्रिवि क्रिकेट मैदानमा जारी संयुक्त अरब इमिरेट्सविरुद्धको खेलमा दिपेन्द्रसिंह ऐरीले नेपाललाई चौथो विकेट दिलाएका छन । जारी त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा आज नेपालले युएईविरुद्ध खेलिरहेको छ ।
२७ ओभरको खेल सकिँदा पाहुना टोली यूएईले ४ विकेटको क्षतीमा १२८ रन बनाएको छ ।