युएईलाई दियो पीएनजीले २३५ रनको लक्ष्य

काठमाण्डु टुडे २०७९ चैत १ गते १४:१३ मा प्रकाशित

काठमाण्डु,१ चैत– त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी विश्वकप लिग–२ को आफ्नो अन्तिम खेलमा पपुवा न्युगिनी ९पीएनजी० ले युएईलाई जितका लागि २३५ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले ५० ओभरमा ७ विकेट गुमाएर २३४ रन बनानएको थियो । पीएनजीका लागि कप्तान असद भालाले ९२ बलमा ६५ रन बनाएका थिए ।

त्यस्तै नर्मन भानुवाले अविजित ४९ रन बनाउँदा चाल्र्स अमिनीले ४४ बलमा २२ रन बनाएका थिए । किप्लिन डोरिगाले २४ रन बनाएका थिए । पीएनजीका राईली हेरुकेले अविजित ३३ रन बनाएका थिए ।

युएईका लागि हर्जत बिलालले सर्वाधिक चार विकेट लिए । त्यस्तै जावर फरिद र रोहन मुस्ताफाले समान १र१ विकेट लिएका थिए ।

पीएनजी आजको खेल जितेर विश्वकप लिग टू को यात्रा सुखद रुपमा समाप्त गर्न चाहान्छ । युएई पनि पीएनजी माथी फराकिलो जित निकाल्दै एकदिवसीय मान्यता कायम राख्ने कमजोर सम्भावना जिवितै राख्न चाहान्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us