विप्लव नेकपा र कर्णजित बुढा नेतृत्वको नेकपा माओवादी समाजवादी बीच पार्टी एकता

काठमाण्डु टुडे २०७९ चैत १ गते १३:२४ मा प्रकाशित

काठमाण्डु,१ चैत– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र कर्णजित बुढा नेतृत्वको नेकपा माओवादी समाजवादी बीच पार्टी एकता हुने भएको छ ।

पार्टी एकताबारे जानकारी दिन बुधबार दिउँसो २ बजे पत्रकार सम्मेलनको आयोजना गरिएको अनिल शर्माले जानकारी दिएका छन ।

नेकपाका प्रचार विभाग इन्चार्ज अनिल शर्माले विज्ञप्ति निकालेर प्रज्ञा भवनमा पत्रकार सम्मेलनको आयोजना गरिएको जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us