सिकारीले चलाएको गोली लाग्दा एक जनाको मृत्यु

काठमाण्डु टुडे २०७९ चैत १ गते १२:१३ मा प्रकाशित

सल्यान,१ चैत– सल्यानमा सिकारीको भरुवा बन्दुक पड्किदा एक किशोरको मृत्यु भएको छ । मूत्यु हुनेमा बनगाड कुपिण्डे नगरपालिका–९ स्वाराका अन्दाजी १६ वर्षीय चित्र बहादुर रावत रहेका छन ।

जंगलमा सिकार खेल्न जाँदा सोही ठाउँका अन्दाजी ४० वर्षीय आइते रावतले बोकेको बन्दुकको गोली लागेर घाइते भएका चित्र बहादुर घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

घाइते चित्रबहादुरको उपचारका लागि सुर्खेत लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिएका छन । गोली प्रहार गर्ने आइतेलाई प्रहरी पक्राउ गरेको प्रहरीले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us